April 2, 2020

एनआरएनएमा झागिएको विकृति र विसंगती हटाउन मेरो उम्मेद्वारीः सुवेदी

  21st April 2019 मा प्रकाशित

सुरेश कोइराला । न्यूयोर्क–विगत केही वर्ष अगाडीदेखि परम्परागत रुपमा राजनीतिक समस्याले झागिएको गुट उपगुट, मुद्दा मामिलाले जकडेको एनआरएनएलाई शुद्ध सुदुढ गर्ने एनआरएनएका उपाध्यक्ष पदका दावेदार बुद्धि सुवेदीले बताउनु भएको छ । मेरो उम्मेदवारीको मुख्य उद्देश्य भनेकै एनआरएनएभित्र रहेका विकृति र विसंगती हटाउनु भएको सुवेदीले बताउनु भयो ।

अमेरिकामा रहेका नेपालीको साझा चौतारीको रुपमा एनआरएनलाई एउटै मालामा उन्ने अठोटका साथ उहाँले एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । बौद्धिक व्यक्तित्वका धनी उहाँले समाजसेवामा उत्तिकै निरन्तरता दिनु भएको छ ।
काममा परिपक्व, सिपमा निपुर्ण, दक्षता÷क्षमतामा विश्वास राख्ने, सहयोगी मनोभाव भएका सुवेदीको उम्मेदवारी सबै आप्रवासी नेपालीले गौरवका साथ लिएका छन् ।

‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नारा सहित वर्तमान नेपाली सरकारसँग हातेमालो गर्दै अघि बढ्नेछु,’ उहाँले भन्नु भयो ‘बारम्बार प्रवासी नेपालीमा परेका समस्या समाधान गर्न म लड्र्दै आएको छु ।’ आगामी दिनमा पनि विश्वभरी छरिएर रहेका नेपालीहरूको बीचमा अमेरिकाको एनआरएनए नमूना बनाउने मेरो मूल ध्येय हो ।

प्रतिक्रिया