१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए बेल्जियमको आगामी अधिवेशन अगस्टमा

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७६, आईतवार १९:२७

बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी अधिवेशन अगस्ट १८ मा गर्ने निर्णय गरेको छ । एनआरएन बेल्जियमको आगामी अधिवेशन अगस्ट १८, २०१९ मा लुभेनमा र निर्वाचन कार्यक्रम २५ अगस्ट २०१९ मा गर्ने निर्णय गरेको हो ।
एनआरएनए बेल्जिय अध्यक्ष लोक प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन व्यवस्थापनका लागि प्रथम उपाध्यक्ष गोविन्दसिंह अधिकारीको सँयोकत्वमा व्यवस्थापन समिति बनाएको छ ।

अधिवेशसन सम्पन्न गर्न प्रारम्भिक रुपमा सदस्यता बितरण तथा नबिकरणको लागि संस्थाका उपाध्यक्ष खड्क बहादुर केसीको संयोजकत्वमा सस्थाका सदस्य तिर्थ धमला सदस्य सचिब रहने गरी सदस्यता बितरण समिती गठन गरेको छ। सदस्यता बितरण तथा नबिकरण समितिमा बेल्जियमका ७ छेत्रबाट सदस्य राखेर समिती निर्माण गरिएको छ त्यस्तै, बैठकले विभिन्न विषयमा निर्णय समेत गरेको छ । बैठकले गरेका निर्णय जस्ताको तस्तै ;

१. केन्द्रीय परिपत्र समेतलाई अनुसरण गर्दै च्यारिटी कार्यक्रमहरुको आयोजना गर्ने ।

२. केन्द्रीय सदस्य पदम गुरुड सँयोजक र सचिव मुना ताम्राकार उपसँयोजक रहने गरी वरिष्ठ उपाध्यक्ष कमल पन्थी, सदस्यहरु पारस गौतम, अर्जुन गुरुड र गँगा शर्मा सदस्य रहेको च्यारिटी सँचालन आयोजना समिति निर्माण गरियो ।

३. एनआरएन बेल्जियमको आगामी अधिवेशन अगस्ट १८, २०१९ मा लुभेनमा र निर्वाचन कार्यक्रम २५ अगस्ट २०१९ मा गर्ने, अधिवेशन व्यवस्थापनका लागि प्रथम उपाध्यक्ष गोविन्दसिंह अधिकारीको सँयोकत्वमा व्यवस्थापन समिति निर्माण गरियो ।

४. नेपाली भाषा कक्षा सँचालनका सम्बन्धमा बेल्जियमका हरेक ९७० क्षेत्रहरुमा स्थानीय सँस्था वा समुदायबाट सँचालन भएका कक्षाहरुलाई पूर्ववतः व्यवस्थापकीय सहयोग गर्ने र बाँकी ठोस कार्ययोजना आगामी महाधिवेशनमा तय गर्ने ।

५. विधानमा थप सुझाव सँकलन गर्न प्रस्तावित सँशोधित विधान अध्ययनका लागि एनआरएनको विद्युतीय समूहमा राखेर सुझावहरु लिई सम्बन्धित समितिमार्फत अधिवेशनमा प्रस्तुत गर्ने ।

६. एनआरएनको तर्फबाट सँस्थाले गरेका निर्णय र नियुक्तिहरु, निर्धारित शुल्कलाई व्यवस्थित गर्न आईसीसी निर्णयलाई समेत आत्मासात गर्दै आगामी मे १५ भित्रमा आआफनो तर्फबाट सँस्थालाई बुझाउनु पने लेवी र मनोनित शुल्क (१०० यूरो) तथा विभिन्न शीर्षकमा बोलेका रकमहरु भुक्तानी गर्नुपर्नेछ । अन्यथा आगामी अधिवेशनमा साधारण सदसयता नवीकरण वा कुनै निकायमा उम्मेदवार हुन पाउनुहुने छैन ।

७. सदस्यता व्यवस्थापन र वितरणका लागि उपाध्यक्ष खडक केसीको सँयेजकत्वमा समिति निर्माण गरियो । बाँकी सदस्यहरु पदाधिकारी,, सचिवालयको परामर्शमा थप गरी कार्यारम्भ गर्ने ।

८. यूरोस्तरीय फूटवल प्रतियोगितामा एनआरएन बेल्जियमको प्रतिनिधित्व गर्दै पोर्चुगल जाने टीमलाई त्यहाँ लाग्ने दर्ता शुल्क ७०० यूरो प्रदान गर्ने ।