१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्विमिङको २ सय मिटरमा एनआरएनलाई स्वर्णपदक

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७६, आईतवार २०:३६

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद् प्रतियोगितामा गैर आवासीय नेपाली संघ (एनआरएनए) खेलाडीहरुले थप पदक जितेका छन् । प्रतियोगितामा स्विमिङमा २ सय मिटर बटर फ्लाईमा एनआरएनए खेलाडी दोर्जे नथम शेर्पाले स्वर्णपदक प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा करातेको ६८ं केजीमा एनआरएनए खेलाडी तथा मकाउ एनआरएनए एनसिसीका अध्यक्ष शान्ति अधिकारीले काँस्य पदक जितेकी हुन् ।

प्रतियोगिताका एनआरएनएका खेलाडी अफिसियल मनोज गोर्खाली तथा टिम कोच मुकेश बरुवाल, पर्शुराम घिमिर, युवा संयोजक सुदन थापा, श्रीराम घिमिरे र अन्य सम्पूर्ण कराते खेलाडीहरुमा एनआरएनएले बधाई ज्ञापन गरेको छ ।