१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अमेरिकाको निर्वाचनमा २ सय ३१ उम्मेदवार

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७६, आईतवार २१:१९

लन्डन – गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको कार्यसमिति, केन्द्रिय प्रतिनिधि आईसीसी सदस्य, च्याप्टर पदाधिकारीका लागि २ सय ३१ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा ३ जना वरिष्ठ उपाध्यक्षमा ४ जना, उपाध्यक्षमा दुईदुई जना, र महासचिवमा ३ जनाले उम्मेदवारी दिएका छन् ।

ट १२ जना बोर्ड अफ डाईरेक्टरको लागि ४० जनाको उम्मेदवारी परेको छ ।

आईसीसी सदस्यमा भने ११ जनाको उम्मेदवारी परेको छ । आईसीसी मेम्बरमा ७ जना निर्वाचित हुन्छन् ।

उम्मेदवारको सुची भने मंगलवार मात्र सार्वजनिक हुने छ । उम्मेदवारले मे ३ सम्म नाम फिर्ता लिन सक्ने छन् । मे ७ मा मात्र उम्मेदवारको अन्तिम सुची प्रकाशित हुने निर्वाचन समितिले जनाएको छ ।

स्टेट च्याप्टर मध्ये क्यालिर्फोनिया, कोलोराडो, इण्डियना, वाईवा, केन्सस, न्यूहेमेस्पियर, न्यूजर्सी, न्यूमेक्सिको, ओर्यागन, वासिंटन स्टेटमा नेतृत्व लगभग सर्वसम्वत भएको छ ।

केही स्टेटमा पर्याप्त उम्मेदवारीनै परेन । अध्यक्ष पदमा मात्र उम्मेदवारी पर्ने राज्य पनि छन् ।