१४ बैशाख २०८१, शुक्रबार
Follow Us

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

sarusaru
९ बैशाख २०७६, सोमबार ०२:३४

काठमाडौं । रुपन्देही र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

रुपन्देहीको देवदह नगरपालिका ७ शितलनगरस्थित भित्री सडकमा देवदह बोर्डिङ स्कूलको लु १ क १५८५ नम्बरको बसबाट खस्दा बसको टायरले च्यापिएर सहचालक सोही नगरपालिका ९ घोडाहा बस्ने ३० वर्षिय रामबहादुर नेपालीको आइतबार बिहान घटनास्थलमै भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङको बेनिघाटरोराङ गाउँपालिका ३ सलाङघाटस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट मनकामनातर्फ जाँदै गरेको बा ४ ख १४१५ नम्बरको मिनि बस अनियन्तित भई सडकबाट अम्दाजी ३० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा बसमा दोलखा चरिकोट बस्ने २६ वर्षीय हरिबंश केसीको घटनास्थलमै र गम्भीर घाइते भएकी दोलखा कालिन्चोक गाउँपालिका ७ बस्ने ७१ वर्षीया पार्वती बुढाथोकीको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका बसमा सवार २५ जनामध्ये १६ जनालाई राजमार्ग अस्पताल मलेखु र ९ जनालाई गजुरी अस्पतालतर्फ लगिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल