१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विद्यार्थी भिषामा नेपाल आएर इसाई धर्म प्रचार

sarusaru
९ बैशाख २०७६, सोमबार ०४:१४

काठमाडौं – गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ । उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।

कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरुले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्म प्रचार गरेकाले निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।
अन्नपूर्ण