१५ चैत्र २०८०, बिहीबार
Follow Us

लुटपाट घटनामा संलग्न ३ जना पक्राउ

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७६, सोमबार १०:५३

लुटपाट घटनामा संलग्न काठमाडौं चन्द्रागिरी नगरपालिका(८ मातातीर्थ बस्ने ३८ वर्षीय नवराज तामाङ, काठमाडौं नैकाप बस्ने नुवाकोट घर भएका २८ वर्षीय दिपेश भन्ने सन्तबहादुर तामाङ र काठमाडौं मातातिर्थ बस्ने ३६ वर्षीय बिक्रम श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
गत चैत २६ गते दिउसो काठमाडौं महानगरपालिका(२९ रानीबारी बस्ने लालेन्द्र शेरचन, उनको श्रीमती भानुदेवी शेरचन तथा घर रेखदेख गर्ने मिठु थकाली समेत तीन जनालाई धारिलो हतियार खुकुरी, रड समेत देखाई नियन्त्रणमा लिई विभिन्न गरगहना र नगद समेत गरी जम्मा करिब ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल उनीहरुले लुटपाट गरि फरार भएका थिए । फरार अभियुक्तहरुलाई महानगरीय अपराध महाशाखा कठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट फेला पारी पक्राउ गरेको

हो । साथै प्रहरीले पक्राउ परेकाहरुको साथबाट सुनको तिलहरी, लुटपाटमा प्रयोग भएका बा।२ ज ३०६१ नम्बरको ट्याक्सी र बा।३ च ७१६४ नम्बरको जिप समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।