८ बैशाख २०८१, शनिबार
Follow Us

देउवा–पौडेल पानी बाराबारको स्थितिमा

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७३, बुधबार ०८:३६

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच पानी बाराबारको स्थिति अझैसम्म रहेछ भन्ने कुरा हिजो सार्वजनिक भएको छ ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलले एउटै मञ्चमा मंगलबार राजधानीमा आयोजित एक समारोहमा झण्डै अढाई घण्टा समय व्यतित गरे तर उनीहरुवी सञ्चो विसञ्चोबारेमा सोधीखोजी गर्न हाईहल्लो समेत नभएको देख्दा तमाम काँग्रेस कार्यकर्ताहरु कानेखुशी गर्दै भन्दै थिए,“भन्ने बेलामा हाम्रा नेताहरु पार्टीमा अब गुटबन्दी छैन भन्छन्, तर आज यहाँ अचम्म देखियो, बोलाई र व्यवहारमा फरक छ भन्न धेरै टाढा जानुपर्दैन् ।”

हुन त यी दुई नेता एक महिना अघि भएको भातृ संगठन नेपाल महिला संघको महाधिवेशनपछि पहिलो पटक हिजो मंगलबार एउटै मञ्चमा उपस्थिति भएका थिए त्यो पनि सरोज कोइराला मेमोरियल ट्रष्टले आयोजना गरेको ४३ औं स्मृति दिवसको कार्यक्रममा । झन्डै ३ घन्टासम्म चलेको उक्त कार्यक्रममा दुवै नेताहरु कार्यक्रममा सहभागि भए ।

कार्यक्रम अवधिभर एउटै मञ्चमा कुममा कुम जोडिनेगरि बसेपनि यी दुई नेताहरुवीच एक शब्द पनि बोलचाल भएन । यो दृश्यले पनि स्पष्ट बताउँथ्यो कि काँग्रेसमा १३ औं महाधिवेशनपछि झनै चरम गुटबन्धी मौलाएको छ, फस्टाएको छ ।

पौडेल र देउवासँगै बसेपनि एक अर्काले हेरा हेर समेत गरेनन् । दुबै नेता एउटै मञ्चमा देखिएपछि कार्यक्रममा महामन्त्री डा. शसांक कोइरालाले समेत ‘दुवै नेता एकै ठाउँमा उपस्थित हुनु खुसीको कुरा’ भनी टिप्पणी गरे। नेता प्रदीप गिरी, डा. शेखर कोइराला र पीएल सिंहले पनि दुबै नेताले हाल उठेका प्रश्नको जवाफ दिनुपर्ने र पार्टीमा एकमत बनाउनु पर्ने सुझाव दिए ।

उनीहरुले गुटउपगुटमा कांग्रेस विभाजित भएको प्रसङ्ग निकालेर दुबै नेतालाई घोचपेच गर्न समेत भ्याए। नेपाली कांग्रेसको गत फागुन मसान्तमा सम्पन्न १३ औं महाधिवेशनमा वर्तमान सभापति देउवासँग रामचन्द्रले प्रतिस्पर्धा गरेका थिए । उनीहरुबीचको सम्बन्ध तिक्ततापूर्ण रहेपनि नेता पौडेलले आफु सभापतिलाई बलियो बनाउन लागिरहेको बताएका थिए ।

यी दुई नेताहरुको तित्ततापूर्ण बसाई र प्रायः ठप्प रहेको बोलचालले कार्यक्रम अवधिभर तमाम कार्यकर्ताहरुमा निराशामात्रै छाएको थियो । एक कार्यकर्ता भन्दै थिए,“नेताहरुले यसरी गुटबन्दी गरेपछि, अरुको के कुरा गर्ने ”