१५ चैत्र २०८०, बिहीबार
Follow Us

चर्चित गीतकार शिव अखेलीले लेखेको टिपिकल पञ्चेबाजा गीत युटुबभन्दा टिकटकमा भाइरल (भिडियोसहित)

sarusaru
९ बैशाख २०७६, सोमबार ११:४३

काठमाण्डौ – कुशल सर्जक शिव अखेलीद्वारा लिखित पश्चिमेली पञ्चेबाजाको गीत बरमालामा जरी युटुबमा भन्दा बढी टिकटकमा भाइरल भएको छ । धेरै टिकटक प्रयोगकर्ताहरुले अखेलीको बरमालामा जरी टिकटक बनाएर अपलोड गरेका छन् । यो लगनको महिना भएको कारणले पनि उक्त गीत टिकटकमा भाइरल भएको हुन सक्ने अखेलीले बताएका छन् ।
भाइरल उक्त गीतमा जुना श्रीष मगर र इश्वर सिंहको स्वर रहेको छ भने निर्देशन प्रकाश भट्टको रहेको छ । विष्णु शर्माले सम्पादन गरेको उक्त भिडियोमा रुद्र कँडेल , निर्मला गैरे ,जीवन साहानी र अस्मी थापाको अभिनय रहेको छ ।