१२ बैशाख २०८१, बुधबार
Follow Us

सरकारले बृद्ध भत्ता बढाउने

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७६, सोमबार ११:४९

प्रधानमनत्री केपी शर्मा ओलीले बजेटमापर्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने बताए । उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धाभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे ।
‘गत बर्षको बजेटमा हामीले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेका थिएनौ । अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो । त्यस ठाउवाट अर्थतन्त्रलाई ठिक बाटोमा ल्याइएको छ ’ प्रधानमन्त्रीको भनाई थियो ।