१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्व उपप्रधानमन्त्री कमल थापा आज लन्डन आउदैं

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७३, बुधबार १३:०२

लन्डन। पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा आजै लन्डन आउने भएका छन् । प्रवासी नेपाली एकता समाज बेलायतका संस्थापक अध्यक्ष रोसन सापकोटाका अनुसार थापा २ हप्ताको निजी भ्रमणमा आउन लागेका हुन् ।

उनी कतार एयरवेजको विमानबाट आज साँझ १० बजे लन्डनस्थित हित्रो विमानस्थलमा उत्रिने तयारीमा छन् । थापाका छोरी ज्वाई बेलायतका स्थाई बासिन्दा हुन् ।

थापाले वेलायत बसाईको क्रममा वेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधी तथा वेलायती सरकारी अधिकारीसंग समेत भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

राप्रपा नेपालको भातृसंस्था प्रवासी नेपाली एकता समाज वेलायतले अक्टोवर ३० तारिख आइतवार लन्डनमा बिषेश अन्तरकृया कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।