८ बैशाख २०८१, शनिबार
Follow Us

समुन्द्रमा पानीको सतह बढ्न थाल्यो, तटीय क्षेत्रको सहर खतरामा

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७६, मंगलवार १०:४७

एक नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण ग्रीनल्याण्डको ठूलो हिस्सा बरफ पग्लिएको र त्यसले समून्द्रको सतहमा नै वृद्धि गराएको देखाएको छ । सोमबार ‘प्रोसिडिङ अफ नेसनल एकेडेमी अफ साइन्स’मा प्रकाशित भएको अध्ययनले वैज्ञानिक समुदायमा चिन्ता बढाएको छ ।
हाल विश्वव्यापी तापक्रममा वृद्धि जारी रहेकाले ग्रिनल्याण्ड टापूले थप हिउँ गुमाउने पक्का छ । यसले तटीय क्षेत्रको ठूलो जनसंख्यालाई प्रभावित पार्नेछ ।
विश्वको कुल जनसंख्याको ४०–५०% हिस्सा न्यू–योर्क, टोकियो, मुम्बई, जाकर्ता, हंककंगजस्ता तटीय ठूला सहरहरुमा बस्ने गर्छन् । समुन्द्र सतहमा हुने वृद्धिले ति सहरहरु बस्न योग्य रहने छैनन् ।
“हामीले ग्रिनल्याण्डको ‘मास ब्यालेन्स’लाई लामो समयसम्म सटिक ऐतिहासिक मापन गर्न चाहेथ्यौं । यसमा पृथ्वीको जलवायु स्वभाविक दरभन्दा बाहिर जानु अघिको संक्रमण अवस्था पनि समावेश गरिएको छ । त्यो सन् १९८० को दशकबाट सुरु भएको थियो ,” अध्ययनका सह–लेखक एरिक रिग्नोटले भने ,“अध्ययनले पछिल्लो २० वर्षमा जलवायु तात्दा ग्रिनल्याण्डको पिण्ड क्षय कति नाटकीय भयो भन्ने देखाएको छ ।”
युनिभरसिटी अफ क्यालिफोर्निया, इरभिनमा पृथ्वी प्रणालीका प्रद्यापक रिग्नोटले ग्रिनल्याण्डको ग्लेसियर(हिमनदी)हरु छिटो बग्न थालेको र आइबर्गमा टुक्रिएरमा समुन्द्रमा पुगेको बताए ।
“ग्लेसिएर(हिमनदी)को गति बढिरहँदा र सतहका बरफ–हिउँ पग्लिरहँदा भावी दिनमा पिण्ड–क्षय जारी रहनेछ । यसले थप समुन्द्र सतहको वृद्धिमा योगदान गर्नेछ । प्रत्यक वर्ष यस झन् झन् वृद्धि हुनेछ ,” रिग्नोटले भने ।
सन् १९७२ देखि ग्रिनल्याण्डमा मात्रै भएको बरफ–क्षयले विश्वव्यापी समुन्द्र सतहमा १.३७ करोड मिलिमिटर(लगभग आधा इन्च) को वृद्धि भयो ।