१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुई वर्ष अघि फरार रहेका अभियुक्त पक्राउ

sarusaru
१० बैशाख २०७६, मंगलवार १२:११

जिल्ला प्रहरी कार्यालय दाङ्गले आज भन्दा झण्डै २२ बर्ष अघि एकै साथ दुई जनाको हत्या गरि फरार रहेका एक अभियुक्तलाई मंगलवार पक्राउ गर्न सफल भएको छ ।

२०५४ साल असोज २५ गते साँझ दाङ्गको साविक सौडियार गाविस ५ , हाल घोराही–७ जवपुरका लवध्वज शाही र धुर्वध्वज शाहीलाई मुलबाटो हिडिरहेका बेला सोही स्थानका अर्को समुदायका ठुलो समुहले विभत्स कुटेर हत्या गरेका थिए । ती समुदाय मध्येका मुख्य अभियुक्त सोही स्थानका ४६ बर्षिय देशु चौधरीलाई आज त्यहाँको प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो ।

पीडित परिवारका सदस्य भुपेन्द्र शाहीको जाहेरीका आधारमा २०६६ साल जेठ २० गते दाङ्ग जिल्ला अदालतले चौधरीलाई ती दुई जनालाई कर्तब्य ज्यानको कशुरमा २० बर्ष कैद सजायको फैसाला गरे पनि उनि हत्या घटना देखि नै फरार थिए ।

नीजलाई आजै अदालतमा पेश गरि उसको आदेश अनुसार उक्त कैद सजायका लागि कारागार चलान गरिएको दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।