१६ चैत्र २०८०, शुक्रबार
Follow Us

४ साना कम्युनिष्ट पार्टीबीच कार्यगत एकता, विप्लवको पक्षमा एकजुट

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७६, मंगलवार १२:१६

काठमाडौं– विभिन्न चार साना कम्युनिष्ट घटकहरुले कार्यगत एकता गर्ने सहमति गरेका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सुलभ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच कार्यगत एकता गर्ने सहमति भएको हो ।
जसमा वैद्य नेतृत्वको नेकपाको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलको पनि हस्ताक्षर रहेको छ ।
चार दलले कार्यगत एकता भएकोसम्बन्धी जानकारी दिन जारी गरेको संयुक्त विज्ञप्तिमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि लगाइएको प्रतिबन्ध खारेजी गर्न माग गरिएको छ । यस्तै गृहमन्त्रालयले जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई बंशजको नागरिकता दिन गरेको निर्णयको विरोध गरिएको छ ।
यस्तै सुन तस्करीमा संलग्न र निर्मला पन्तको हत्या तथा बलात्कारमा संलग्नलाई कारबाही गरिनुपर्ने लगायतका माग पनि विज्ञप्तिमार्फत गरिएको छ ।
यसैबीच ती दलले आगामी बैशाख २७ गते शान्तिबाटीकामा संयुक्त विरोधसभा समेत गर्ने तय भएको बताइएको छ ।