८ बैशाख २०८१, शनिबार
Follow Us

काङ्ग्रेस नेता ताम्राकारको निधन

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७६, मंगलवार १७:१२

काठमाडौँनेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ ।

निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ ।

पूर्वस्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै अआएका थिए ।