१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बाइबल र पैसा बोकेर धर्म प्रचार गर्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७६, मंगलवार १७:२२

दाङ–बाइबल र पैसा बोकेर गाउँशहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा प्रहरीले आज घोराहीबाट दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ ।
घोराही बजारस्थित होटेल डोकोबाट अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, सङ्खुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका हुन् ।
उनीहरुका साथबाट बा१३प ३१९६ स्कार्पियो गाडी, बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा बाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विक्रम शाहले जानकारी दिए ।

पक्राउ परेकामध्ये तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले बताए ।
अमेरिकी महिलाको राहदानी रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौँलाई चिठ्ठी लेखेको उनले जानकारी दिए ।
गाउँमा धर्म प्रचार गर्ने र मानिसलाई आर्थिक तथा उपचारको प्रलोभन देखाई धर्म परिवर्तन गराउने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएकोहो । केही दिनअघि दुई जापानी महिलालाई पनि धर्म प्रचारमा हिँडेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।