१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हेमन्तप्रकाश ओलीसहित छ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७६, मंगलवार १८:१६

काठमाडौँ–ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वको समूहका नेता हेमन्तप्रकाश ओली लगायतका ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश अवनी मैनाली भट्टराईको इजालसले आज थप अनुसन्धान गर्नुपर्ने आवश्यकता भएको हुँदा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको ललितपुर जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

गत फागुन १० मा नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको घटनामा प्रहरीले ओली लगायतलाई कर्तव्यज्यान मुद्दा दर्ता गरेको थियो । चन्द समूहका नेता ओली, वीरबहादुर कठायत, डेकेन्द्र राइसमेत ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।