८ बैशाख २०८१, शनिबार
Follow Us

जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थको सरकारी सुविधा बन्द

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७६, बुधबार ०३:२२

देशको परिवर्तनका लागि रगत बगाएका ‘जीवित सहिद’ मुकेश कायस्थका नाममा सरकारले दिँदै आएको सुविधा बन्द भएको छ । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले मुकेशलाई मासिक भत्ताबापत १५ हजार, नर्सका लागि २३ हजार र कुरुवाका लागि ६ हजार दुई सय व्यवस्था गरेको थियो । तर, अहिले सम्पूर्ण सुविधा रोकिएको मुकेशकी आमा मीरा कायस्थले बताइन् । ‘जनताको पक्षमा काम गर्ने सरकार आएको भन्ने सुनिन्छ, तर मुकेशजस्ता आन्दोलनका घाइतेको सुविधा खोसिएको छ,’ मीराले भनिन् ।

मुकेशजस्तै जनआन्दोलनका घाइतेका लागि सरकारले पुनस्र्थापना केन्द्र खोलिदिनुपर्ने परिवारको माग छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।