१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७६, बुधबार ०९:३४

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको आगामी महाधिवेशनमा पहिलो पटक अध्यक्ष पदमा एक महिला उम्मेदवार हुने भएकी छन् । संघको सेप्टेम्वर दोस्रोसाता हुने अधिवेशनमा वर्तमान उपाध्यक्ष पुनम गुरुङले उम्मेदवारी दिने भएकी हुन् ।

सोमबार नटिंगहममा सम्पन्न संघको १० औं बैठकमा उनले आगामी निर्वाचनमा उम्मेदवारी दिने जानकारी गराएकी थिइन् ।

निर्वाचनको तिथि तय भएलगत्तै उम्मेदवारी सार्वजनिक गरेकी उपाध्यक्ष गुरुङले छिट्टै आफ्नो चुनावी घोषणापत्रसहित आउने बताएकी छन् ।

एनआरएनहरुको ठूलो सरोकार रहेका नागरिकता, लगानी लगायतका मुख्य मुद्धाहरुका अलावा महिला तथा युवाहरुको सहभागिता बढाउने, संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने, वेलफेयरका कार्यक्रमहरु अघि बढाउने लगायतका उनका एजेण्डा रहने बताएकी छन् ।

बेलायतकी एक सफल महिला व्यवसायीका रुपमा समेत स्थापित उनी प्रपर्टी, रेष्टुरेन्ट लगायतका व्यवसायमा संलग्न छन् ।

तमुधिं यूकेको आमा समुहको संस्थापक अध्यक्ष रहेकी उनले दूतावासको संरक्षकत्वमा रहेको नेप्लिज वुमन्स एशोसिएसनमा उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् ।