८ बैशाख २०८१, शनिबार
Follow Us

विप्लव समूहका नेता कल्पना सुवेदी पक्राउ

sarusaru
११ बैशाख २०७६, बुधबार १२:५२

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य नेता कल्पना सुवेदीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ ।

गएरति ११ बजे रुपन्देहीको देवदहस्थित आफ्नै निवासबाट सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् । प्रहरीले सुवेदी सहित उनका ५ वर्षे छोरालाई समेत नियन्त्रणमा लिएको छ ।

कल्पनालाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

टिभि अन्नपूर्ण