१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश ५ को प्रदेशसभा बैठक १५ गतेसम्मका लागि स्थगित

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७६, बुधबार १६:२८

बुटवल । प्रदेश नं ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबार एक सूचना प्रकाशित गरी प्रदेशसभाको वैठक १५ गते सम्मकालागि स्थगित भएको जनाएको हो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्धारा हस्ताक्षरित सूचनामा वैशाख १३ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी तय भएको वैठक बिशेष कारणवस सभामुखले स्थगित गरी लागि निर्धारण गरेको जनाइएको छ ।
सूचनामा बिशेष कारणवस वैठक स्थगित गरिएको जनाइए पनि कारण भने खुलाइएको छैन ।हिजो बसेको प्रदेशसभा वैठकको अन्त्यमा सभामुख पुर्णबहादुर घर्तीले अर्को वैठक१५ गते दिउसो १ बजे सदनलाई जानकारी गराएका थिए ।