१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन अमेरिकाको उपाध्यक्षमा बुद्धि सुवेदीको चर्चा

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७६, बुधबार २०:४४

न्यूयोर्क–एनआरएनए अमेरिकाको उपाध्यक्ष पदका दावेदार बुद्धि सुवेदीले सहमति र सहकार्य नै एकताको उत्तम उपाय भएको बताउनु भएका छ । व्यक्ति भन्दा संस्था सर्वोपरी हुने बताउँदै संस्थालाई दिगो र बलियो बनाउने दायित्व हामी सबैको भएकोले सहकार्य गर्न सदैव आफू तयार रहेको बताउनु भयो ।
‘संस्थाभित्र विभिन्न चुनौती हुन्छन्,’ यस्ता चुनौतीहरूलाई चिरफार गर्न तथा संस्थाको बृहतर हितका लागि अमेरीकामा बस्ने सम्पूर्ण नेपालीहरू एकजुट हुन आवश्यक छ,’ उहाँले भन्नु भयो ।
नेपाली जहाँ रहेपनि उनीहरूको क्षमता, पहुँच र स्रोतको अपेक्षा मातृभूमीले गरिरहेको हुने एनआरएनए उपाध्यक्ष पदका दावेदार बुद्धि सुवेदीले बताउनु भएको छ । नेपाली एकजुट भएमात्र जन्मभूमीको सेवा गर्न सकिने उहाँले भनाइ छ । गैर आवसीय नेपाली समुदायको सीमित स्रोत र साधनलाई विस्तार र प्रवद्र्धन गर्न म सधै अग्रसर हुनेछु,’ उहाँले भन्नु भयो ।
यो महान र जिम्मेवार कार्यमा मलाई यहाँहरूको साथ र सहयोग आवश्यक छ । म एक्लैले गरेको निर्णय र योजनाभन्दा सबैको साझा छलफलबाट आएका योजना अझ बढी प्रभावशाली र प्रतिफल दिने खालको हुन्छ ।’
‘संस्थाभित्र विभिन्न चुनौती हुन्छन्,’ यस्ता चुनौतीहरूलाई चिरफार गर्न तथा संस्थाको बृहतर हितका लागि अमेरीकामा बस्ने सम्पूर्ण नेपालीहरू एकजुट ुन अपरिहार्य छ ।’
यसले ड्याफरामा संरक्षित शक्ति प्रदान गर्नेछ । बारम्बार प्रवासी नेपालीमा परेका समस्या समाधान गर्न लड्दै आएको सुवेदीले बताउनु भयो । आगामी दिनमा पनि विश्वभरी छरिएर रहेका नेपालीहरूको बीचमा अमेरिकाको एनआरएनए नमूना बनाउने मेरो मूल ध्येय हो ।
– सरु शर्मा