७ बैशाख २०८१, शुक्रबार
Follow Us

भुकम्पले क्षति भएका संरचनाहरु निर्माण सम्पन्न गर्न निर्देशन

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७६, बिहीबार ०८:३९

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भुकम्पले क्षति भएका संरचनाहरु निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
काठमाडौँको बसन्तपुरमा दरवार क्षेत्रमा बिहीबार आयोजित चौथो भुकम्प स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूस्कम्पले क्षति पुर्याएका पुरातात्विक केही सम्पदा बाहेक अरु सवै संरचना अवको २० महिनाभित्र सक्नेगरी काम गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन दिएका हुन् ।
केही सम्पदाहरु निर्माण सम्पन्न गर्न अरु समय लाग्नसक्छ, तर धेरै संरचना निर्माण भइरहेकाले अव त्यसलाई सम्पन्न गर्न ढिला गर्नुहुदैन । अवको २० महिनाभित्र सकिसक्नुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई छ । ‘गोरखा दरवार भाक्तपुरको नौ तले दरवार पुननिर्माण भइरहेको छ । धरहरा, रानीपोखरी पनि पुननिर्माण भइरहेको छ । भक्तपुर र पाटन दरवार बनिसक्यो’ प्रधानमन्त्री ओलीले भने,‘ सम्पदाहरुको पुरातात्विक महत्व नविगार्ने गरि बनाइन्छ । अझ बलियो, अझ आकर्षक बनाउछौ ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पीडाबाट थलिएर बस्ने नभई संरचना निर्माणमा तीव्रता दिनुपर्ने बताए । उनले सरकारी विद्यालय, अस्पताल, सेना र प्रहरीका भवनहरु छिटो बनाउनुपर्ने भन्दै सम्पदा निर्माण गर्ने क्रममा अनुचित विवादमा नअल्झन आग्रह गरे । ‘विवादले पुर्ननिर्माण बढ्दैन । एतिहासिकतालाई पनि तोडमोड गर्नुहुदैन’ प्रधानमन्त्रीको भनाई छ ।