१५ बैशाख २०८१, शनिबार
Follow Us

‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७६, बिहीबार १०:०५

काठमाडौंं – अन्तराष्ट्रिय मोडलिङ प्रतियोगिता ‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडलले सहभागिता जनाएका छन् । भारतको पुनामा २५ अप्रिल (आज)देखि २७ अप्रिल (शनिबार)सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली मोडलहरु बुधबार साँझ भारत उडेका छन् ।
‘द फेस अफ साउथ एशिया’ एशियाको फेसन जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको प्रतियोगितामा आशिष केसी (विजेता, मोडल हन्ट नेपाल २०१८) मसिष सुवेदी, पोषण शर्मा, शासोत शाही, राघव अग्रवाल ( मोडल हन्ट सहभागी) रुविष्का श्रेष्ठ (फस्ट रनर अप, मोडल हन्ट नेपाल २०१८), निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापा (मोडेल, नेक्स्ट मोडेल नेपाल)का सहभागी छन् ।
यस प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुस मोडलले कोरियामा आयोजना हुने ‘एशिया मोडल फेष्टिभल’मा सहभागी हुनेछन् । बिगतका बर्षहरु भन्दा यो बर्ष अझ बृहतर रुपमा आयोजना हुन लागेको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एसिया भरिका देशका उत्कृष्ट मोडलको प्रतिस्पर्धा रहने छ । कार्यक्रममा सहभागी हरेक देशका प्रतिनिधि मध्य एकलाई राष्ट्रको नाम जोडेर फेस अफ द देश घोषणा गर्ने गरिन्छ ।
प्रतियोगितामा नेपालको नाम उच्च राख्दै उपाधि नेपाल भित्र्याउने उदेश्य सहित आफुहरु भारतको पुना जान लागेको सहभागी मध्य एक आशिष केसी बताए ।
प्रतियोगिताका लागि नेपाली मोडलहरु नेक्स्ट मोडल्स नेपालले पठाएको हो । प्रतियोगितामा सहभागीले नेपाली कला संस्कृति झल्कने पहिरन, भेषभुसा लगायत बिभिन्न पक्ष प्रस्तुत गरेर नेपाललाई बिश्वमा अझ राम्रोसँग चिनाउने नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।