१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा लन्डनमा

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७३, बिहीबार ०७:५६

लन्डन। पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बुधवार लन्डन आइपुगेका छन् । प्रवासी नेपाली एकता समाज बेलायतका संस्थापक अध्यक्ष रोसन सापकोटाका अनुसार थापा २ हप्ताको निजी भ्रमणमा बेलायत आएका हुन् । थापालाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा नेपाली दूतावासका काउन्सिलर शरदराज आरन हित्रो विमानस्थल पुगेका थिए ।

उनी कतार एयरवेजको विमानबाट हिजो साँझ १० बजे लन्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतस्थित राप्रपा नेपालको भातृसंस्थाका प्रतिनिधीहरुले समेत थापालाई स्वागत गरे ।

थापाले वेलायत बसाईको क्रममा वेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधी तथा वेलायती सरकारी अधिकारीसंग समेत भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

राप्रपा नेपालको भातृसंस्था प्रवासी नेपाली एकता समाज वेलायतले अक्टोवर ३० तारिख आइतवार लन्डनमा बिषेश अन्तरकृया कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।