१५ चैत्र २०८०, बिहीबार
Follow Us

पुरूषतर्फको सर्वाधिक पदक एनआरएनको हातमा

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७६, बिहीबार १२:५५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) टिमका नाथन शेर्पा आठौं बृहत राष्ट्रिय प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ काँस्य जित्दै पुरूषतर्फ सर्वाधिक पदक जित्ने खेलाडी बने। अमेरिकाको न्युयोर्का नाथनले बुधबार अन्तिम दिन एक सय मिटर ब्याक स्ट्रोकतर्फ नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए।
वृहत राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको तर्फबाट पहिलोपल्ट सहभागी नाथन दोर्जी शेर्पाले पुरूष पौडीमा सबैलाई उछिनेका छन्।

उनले आठौं बृहत राष्ट्रिय प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ काँस्य जित्दै पुरूषतर्फ सर्वाधिक पदक जित्ने खेलाडी बने।

अमेरिकाको न्युयोर्क शहरमा बसोबास गर्ने नाथनले बुधबार अन्तिम दिन १ सय मिटर ब्याक स्ट्रोकतर्फ नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। उनले १ मिनेट शून्य ४ दशमलव ०६ सेकेन्डमा दुरी पुरा गरेका थिए।

यसअघि यो कीर्तिमान प्रशान्त राजको नाममा थियो। उनले १ मिनेट ११ दशमलव ५३ सेकेन्डमा पुरा गरेका थिए।

नाथनले पुरूष २ सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण जितेका थिए। उनले ८ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेका थिए। यस्तै, २ सय मिटर बट्टरफ्लाई र ४ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेका थिए।

उनी १ सय मिटर बट्टरफ्लाईमा भने स्वर्णबाट बञ्चित भए। उनले यो स्पर्धामा काँस्यमा चित्त बुझाउनु परेको थियो। त्रिभुवन आर्मीका अनुभव सुब्बा र नेपाल पुलिसका सैयद हमजा साहबीचको प्रतिस्पर्धामा उनले १ मिनेट ०१ दशमलव ७५ सेकेन्डमा दुरी पुरा गर्दै काँस्यमा चित्त बुझाएका थिए।