८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीद्वारा सम्पदा अवलोकन

sarusaru
१२ बैशाख २०७६, बिहीबार १३:२४

भूकम्प स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले वसन्तपुर दरबार क्षेत्रमा पुनःनिर्माण भइरहेका सम्पदाको अवलोकन गर्नुभयो । पुनःनिर्माण भइरहेको काष्ठमण्डपको उहाँले अभिरुचिपूर्वक बाँसको भ¥याङ उक्लेर माथिल्लो तलामा गई निरीक्षण गर्नुभयो ।

भूकम्पअघि महानगरीय प्रहरी परिसर रहेको भवनमा काष्ठमण्डप पुनःनिर्माणका लागि बनिरहेको काठको कार्यशालाका गतिविधि पनि प्रधानमन्त्री ओलीले अवलोकन गर्नुभयो । कालभैरव मन्दिरअघि भूकम्पमा परी निधन भएकाहरुको शान्तिका लागि भइरहेको धार्मिक कार्यक्रम सहभागी भई उहाँले टीका प्रसाद ग्रहण गर्नुभयो ।

दरबार क्षेत्रमै विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किई महानगरपालिकाले पुनःनिर्माण गरेको शिव मन्दिरको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभयो । हनुमानढोका दरबारभित्र प्रवेश गरी नासलचोक, नौतले दरबारलगायत संरचना पुनःनिर्माणको पनि उहाँले रुचिपूर्वक अनुगमन गनुर््भयो । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिकासमेत सहभागी हुनुहुन्थ्यो ।

वसन्तपुर दरबार क्षेत्रमा कार्यक्रम शुरु हुनुअघि नै उहाँले त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर पुनःनिर्माणको अवलोकन गर्नुभएको सो अवसरमा जानकारी गराइएको थियो । चार वर्षअघि ११ः५६ को भूकम्पको सम्झनामा निधन हुनेप्रति सोही समय पारेर श्रद्धासुमन व्यक्त गरिएको थियो ।
रासस