४ बैशाख २०८१, मंगलवार
Follow Us

लाप्राकवासीहरुसँग एनआरएनएको अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७६, बिहीबार १३:४६

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा महाभुकम्प गएको चौथो वर्ष प्रवेश गरेको अवसर पारेर लाप्रावासीहरुसँग अन्तरक्रिया गरेको छ । बिहीवार लाप्राकको गुप्सीपाखामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले भुकम्प पिडितको लागि निर्माण भएको नमुना बस्ती छिट्टै विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष भट्टले नमूना बस्तीको रंगरोगन सहित बाहृय संरचनाको सम्पूर्ण काम सकिएको बताउादै लाप्राकवासीहरुको धैर्यताको लागि धन्यवाद समेत व्यक्त गर्नुभयो । लाप्राकमा ५७३ घर निर्माण सकिएर अन्तिम चरणको काम भइरहेको छ । प्रतिकुल मौसम र भौगोलिक विकटताको कारणले सो परियोजना निर्माणमा ढिलाई भए पनि अध्यक्ष भवन भट्ट स्वयं निर्माण स्थलमै उपस्थित भएर काम गरिरहनुभएको छ ।

नमुना बस्ती निर्माण समितिको संयोजक तथा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष सपीला राजझण्डारीले अन्तरक्रिया कार्यत्रममा बोल्दै परियोजनाको प्रगति प्रतिवेदन सम्बनध्मा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थानिय समुदाय तथा बस्ती निमार्णमा खटिएका नेपाली सेनाको प्रतिनिधीहरु लगायत संघका अन्य कर्मचारीको सहभागिता थियो ।