१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्यालकुलेटरमा C र CE को काम के हो ?

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७६, बिहीबार १६:२८

विद्यार्थीदेखि लिएर पसलेसम्मले हिसाबकिताब गर्नका लागि क्यालकुलेटरको प्रयोग गर्छन् । हुन त कम्प्युटरको जमानामा क्यालकुलेटरको प्रयोग घट्दै गएको छ किनकि स्मार्टफोनमै क्यालकुलेटरको पनि सुविधा उपलब्ध छ ।

तपाईँले पनि क्यालकुलेटरको प्रयोग त गर्नुभएको छ तर त्यसमा भएका सबै बटनको बारेमा तपाईँलाई जानकारी छ त ? छैन होला, किनकि हामी आफूलाई चाहिने बाहेक अरू कुरा वास्ता गर्दैनौं ।

क्यालकुलेटरमा भएको Clear (C) र Clear Entry (CE) बटनको के प्रयोजन छ ? सधैं क्यालकुलेटर प्रयोग गर्नेलाई यो प्रश्न सोध्नुभयो भनेपनि उत्तर दिन अप्ठ्यारो हुन्छ ।

खासमा यी दुई बटनको प्रयोजन कम्प्युटरको डिलिटजस्तै हो । तर CE बटनको प्रयोग क्यालकुलेटरमा गरिएको अन्तिम अंक डिलिट गर्नका लागि हो । उदाहरणका लागि ३x५+८-७ को गणना गर्नुभयो तरअन्तमा भएको ७ चाहिँ गल्तीले थिचिएको रहेछ भने CE बटन थिचेर त्यो ७ लाई डिलिट गर्न सक्नुहुन्छ ।

अनि तपाईँलाई पूरा अंक र गणना नै डिलिट गर्नुप-यो भने चाहिँ C थिच्नुहोस् ।

थाहा पाउनुभयो त फरक ? लौ, अब साथीहरूलाई पनि यो कुरा शेयर गर्नुहोस् ।