७ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान कार्यान्वयनमा दलबीच सहमति आवश्यक

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७३, बिहीबार १५:३२

रक्षामन्त्री बालकृष्ण खाणले संविधान गतिशील दस्तावेज भएकाले यसका मूलभूत विषय संशोधन गर्न सकिने बताउनुभएको छ ।

नेपाल तरूण दल इलामले आज सदरमुकाममा आयोजना गरेको ‘संविधान कार्यान्वयनमा तरूणको भूमिका’ विषयको अन्तक्र्रियामा उहाँले दलहरूबीच सहमति, सहकार्य र एकता आवश्यक रहेको बताउँदै कमजोरीलाई सच्याउन पनि संविधान संशोधन अनिवार्य रहेको विचार व्यक्त गर्नुभयो ।

तरूण दल पुर्नस्थापनाकालका अध्यक्ष एवम् महाधिवेशन निर्देशन समितिका संयोजक समेत रहनुभएका खाणले मातृ पार्टी काँग्रेस र देशलाई सुदृढ र सक्षम बनाउनका लागि युवालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे र धनराज गुुरूङ, तरूण दलका केन्द्रीय अध्यक्ष उदयशम्शेर राणालगायतले बिपीले अपनाएको मेलमिलापको नीतिलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । रासस