६ बैशाख २०८१, बिहीबार
Follow Us

दिनेशले हात पारे दुई स्वर्ण

sarusaru
१३ बैशाख २०७६, शुक्रबार ०२:३२

पालगञ्जमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटिएफ तेक्वान्दोमा बाग्लुङका दिनेश बुढामगरले दुई वटा स्वर्ण हात पार्न सफल भएका छन् । बुर्तिबाङका बुढा मगरले आईटिएफ एकल ५६/६० केजीको स्पाईरिङ र ग्रुप स्पाईरिङमा गरि दुई वटा स्वर्ण हात पार्न सफल भएका हुन् ।उनले एकल स्पाईरिङ तर्फ पहिलो राउण्डमा प्रदेश नं। १ का भुवन मगरलाई पराजित गरेका थिए ।

दोस्रो राउण्डमा सशस्त्र प्रहरीको एफपीएफका प्रज्वल गड्तौलालाई पराजित गरेका थिए । त्यसै गरि प्रतियोगिताको फाईनल खेलमा प्रदेश नं।३ का करसाङ्ग दोर्जे तामाङलाई पराजित गरेका हुन् । बुधबार सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटिएफ तेक्वान्दोको प्रतिस्पर्धामा उनि विनाविभागिय टिम त्रिभुवन आर्मी क्लवबाट प्रतिनीधित्व गर्दै सहभागिता जनाएका थिए।
जनमञ्च