७ बैशाख २०८१, शुक्रबार
Follow Us

हिन्दू सनातन धर्मको संरक्षण गर्नुपर्नेमा जोड

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७३, बिहीबार १५:३३

‘अन्तर्राष्ट्रिय विराट् हिन्दू महासम्मेलन’ स्थानीय वनकालीमा आजदेखि सुरु भएको छ ।

विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, भारतलगायत मुलुकबाट हिन्दू धर्मका अनुयायी तथा साधुसन्त, महन्त, विद्वान् लगायतको सहभागिता छ । उक्त सम्मेलनको शुभारम्भ गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले अनादिकालदेखि चल्दै आएको हिन्दू सनातन धर्ममा सामाजिक सद्भाव, एकता, सहिष्णुताको भावना रहेकाले यस्तो संस्कृति तथा सभ्यताको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल सनातन हिन्दू तथा बौद्ध धर्मको उद्गमस्थल भए पनि जैन, किरात लगायत धर्मावलम्बीको समेत प्रभाव रहेको विचार व्यक्त गर्नुभयो ।
अर्काे एक प्रसङ्गमा पूर्वराजा शाहले निषेधको राजनीति नगर्न आग्रह गर्दै यसले विद्रोहको भावना उत्पन्न हुने हुँदा सबैको भावनालाई एकताबद्ध गर्न सुझाव दिनुभयो ।

कार्यक्रमका संयोजक भरतकेशरी सिंह, विश्व हिन्दू महासङ्घका अध्यक्ष हेमजङ्ग कार्की, जगत्गुरु शङ्काराचार्य, नेपाली बाबा, बालसन्त गुरु श्रीनिवास, आदित्यनाथ श्रीमहाराज लगायतले आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा विश्वको प्राचीन ऐतिहासिक धर्मका रुपमा हिन्दू धर्मका विशेषताका बारेमा चर्चा गर्नुभयो ।

यही कात्तिक ६ गतेसम्म जारी रहने महासम्मेलनले नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने प्रस्तावसमेत पारित गर्ने महासङ्घका सचिव अस्मिता भण्डारीले जानकारी दिनुभयो । रासस