१५ चैत्र २०८०, बिहीबार
Follow Us

आठौं राष्ट्रिय खेलकूदमा एनआरएन खेलाडीले जिते १४ पदक (सम्मान कार्यक्रमका तस्बिरसहित)

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार ०३:४६

काठमाडौं– पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाएको गैरआवासिय नेपाली संघ (एनआरएन) खेलकूद टोलीले कूल १४ पदक हात पारेको छ ।
एनआरएन टोलीले पौडीमा ५ स्वर्ण हात पारेको छ भने एक रजत र एक कास्य पदक प्राप्त गरेको छ । यस्तै लन टेनिसमा १ स्वर्ण र २ कास्य, करातेमा १ रजत र कास्य, बक्सिङमा १ कास्य र जुडोमा १ कास्य पदक प्राप्त गरेको हो ।
एनआरएन टोलीले लन टेनिस, ब्याडमिन्टन, तेक्वान्दो, जुडो कराते, एडलेटिक्स, पौडीलगायतमा ८ खेलमा सहभागिता जनाएको थियो भने ती प्रतिस्पर्धामा १९ खेलाडी सहभागि भएका थिए ।
एनआरएनले पदक विजेता खेलाडीलाई बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
एनआरएनले स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ८० हजार र कास्य विजेतालाई ६० हजार नगद र प्रशंशापत्रले सम्मान गरेको छ ।
यस्तै सहभागी अरु खेलाडीलाई पनि जनही ५० हजार नगद प्रदान गरिएको पत्रकार सम्मेमलनमा जानकारी दिइयो ।

यस्तै हरेक खेलका प्रशिक्षकलाई २५ हजार र कदरपत्र प्रदान गरियो ।
एनआरएनले खेलकूदमा सहभागि गराएकोमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विदेश पलायत भएका खेलाडीलाई खेल क्षेत्रमा फर्काउन पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
एनआरएनले राखेपसँग एनआरएन खेलाडी खेलाउने सहमति गरेपछि पहिलो पटक एनआरएन खेलाडी सहभागि हुने अवसर मिलेको हो ।