१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा नेपाली क्रिकेट लीग हुँदै

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार ०४:०४

लण्डन । बेलायतको मिडल्याण्डमा बस्दै आएका नेपाली समूदायका युवाहरुले यही मे ६ मा नोटिङघाममा एभेरेस्ट क्रिकेट लीगको आयोजना गर्ने भएका छन्।

गत वर्षबाट शुरु गरिएको उक्त लिग यसपटक थप भब्य र आकर्षण रुपमा आयोजना गरिन लागिएको नोटिङघाम नेपाली समाजका उपाध्यक्ष तथा आयोजक टिमका क्याप्टेन दिपक सापकोटाले बताए ।

गत वर्ष लेस्टर र नोटिङघामले खेलेका थिए भने यो वर्ष बढेर पाँच टिम सहभागी हुने आयोजकले जनाएको छ ।
यो वर्ष थपिने टिममा पिटरबोरो र ग्रन्थम सान्ती नेपाली समाज बर्मिनघम तथा गोर्खा लायन्स डर्बि रहेको गुर्खा टाइगर स्पोर्ट क्लबका क्याप्टेन केशव खत्रीले बताए ।
उक्त लिगको उद्घाटन समारोहमा नेपालबाट लोक गायिका प्रिती आले, मोडेल दिपसा बि सी र कृष्ण काफ्ले समेत आउनेछन् ।
लिगको उद्घाटन बेलायतका लागि नेपाली राजदुत दुर्गा बहादुर सुबेदीले गर्ने तय भएको छ ।