१५ चैत्र २०८०, बिहीबार
Follow Us

पासाङको सपना पछ्याउदै छोरी दावाफुटी

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार ०८:२०

काठमाडौं । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको जिम्मा उनी जेठी छोरी दावा फुटी शेर्पाले लिएकी छिन् । बुधबार धुम्वारहीमा भएको प्रतिष्ठानको साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

पर्वतारोहण क्षेत्रलाई सुधार गर्ने र महिलाको समानताकाका पक्षमा केही गर्नु पर्छ भन्ने अनेकन सपना अधुरै बने पछि आमाको सपना पछ्याउन छोरी दावाले संस्थाको जिम्मेवारी सम्हालेकी बताइन । अनेकन सपना बोकेर सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि) को आरोहण गरी फर्कने क्रममा पासाङ ल्हामुको मृत्यू भएको थियो । जीवनको माया नगरी सामानताको पक्षमा अभियान चलाउने लक्ष्यले सगरमाथा आरोहण गर्ने उनी नेपालकै पहिलो आरोही महिला बनिन तर जिवित फर्कन नसके पछि उनको इच्छाहरु पुरा हुन सकेनन् ।

पर्वतारोहण क्षेत्रका समस्याहरु, हिमाली क्षेत्रका यथार्थमा देखिने गरिवीसँगै शिक्षा, स्वास्थ्यलाई सहयोग गर्ने, आममहिलामा देखिएका समस्याहरु, समानताका आजाव, शिक्षा, रोजगारी जस्ता समस्यालाई सहयोग गर्न संस्था लागि पर्ने अध्यक्ष दावाले बताइन । हिमाल आरोहण आफैमा मृत क्षेत्र भएकाले मृत्यू स्वभाविक थियो तर देखेको सपना र इच्छालाई पुरा गर्न संस्थाले अगुवा भूमिका खेल्ने छ, उनले भनिन् ।

३२ बर्षको उमेरमा २०५० बैसाख १० गते सगरमाथाबाट फर्कने क्रममा साउथकोलमा आरोही पासाङ ल्हामुको हिमपहिरोमा परी मृत्यू भएको थियो । जीवन साथी लाक्पा सोनाम, छोरा नाम्गेल र छोरीद्धय दावा फुटी र दिकी शेर्पा मात्र नभएर सिंगो नेपाल सरकार र पर्वतारोहीहरुले उनको सपना पुरा गर्न सहयोग गर्दै आएको छ । सक्षम बन्न शहास चाहिन्छ भन्ने आम महिलामा उनले प्रमाणितनै गरेकी थिइन । लैङगिक समानतालाई व्यवहारमा देखाउने एक सहासिक नारी भएकाले उनलाई नेपाली ताराको उपमा समेत दिएको छ ।

साधारणसभाले प्रथम उपाध्यक्ष सिताराम साप्कोटा, द्धितिय उपाध्यक्षमा नाम्गेल शेर्पा, महासचिवमा छेटु शेर्पा लगायत ११ सदस्सीय समिति चयन गरेको छ ।