१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन खेलाडीहरुको उत्साहजनक प्रर्दशन: अध्यक्ष भवन भट्ट

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार ०९:०४

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएको गैरआवासीय नेपाली संघ ९एनआरएन० को टोलीलाई सम्मान गरिएको छ । प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गैरआवासीय नेपाली संघ (एनआरएन) ले पदक विजेता खेलाडीलाई बिहीबार बेलुका राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

संघका अध्यक्ष भवन भट्टसहतिका पदाधिकारीहरुको उपस्थितिमा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । कार्यक्रममा सहभागी सबै खेलाडीलाई सम्मान तथा नगद बितरणसागै टेक्निकल मेम्बरहरुलाई पनि सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कुल १४ पदक प्राप्त गरेको छ । पहिलो पटक संस्थागत रुपमा सहभागिता जनाएको एनआरएनए टोलीले लन टेनिस, ब्याडमिन्टन, जुडो कराँते, तेक्वान्दो, एथलेटिक्स र पौडी गरी ८ खेलमा १९ जना खेलाडी सहभागी भएका थिए ।

पौडीमा ५ स्वर्ण, १ रजत, १ कास्य, लन टेनिसमा १ स्वर्ण र २ कास्य, कराँतेमा १ रजत र कास्य, बक्सिङमा १ कास्य तथा जुडोमा १ कास्य पदक प्राप्त गरेको छ । एनआरएनएले स्वर्ण पदक विजेतालाई १ लाख, रजतलाई ८० हजार र कास्य पदक विजेतालाई ६० हजार तथा सहभागी खेलाडीलाई ५० हजार रुपैयाँका साथै प्रमाणपत्र प्रदान गरेको थियो । साथै हरेक खेलका प्रशिक्षकलाई योगदानको मूल्यांकन गर्दै कदर स्वरुप जनही २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

सो अवसरमा बोल्दै अध्यक्ष भवन भट्टले नेपालको खेलकुद क्षेत्रको विकासको लागि एनआरएनएले राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित निकायहरुसंग साझेदारको भूमिका निर्वाह गर्न चाहेको बताउनुभयो ।

विविध कारणले विदेशमा रहेका प्रतिभावान खेलाडी, खेल क्षेत्रका प्रशिक्षक, निर्णायक र व्यवस्थापनलाई खेल क्षेत्रमा फर्काउने उत्साहजनक कार्य सुरु भएको उहाँले बताउनुभयो । विदेशमा रहेर खेल क्षेक्रमा सत्रिय खेलाडी एवम् खेल अधिकारीहरुले हासिल गरेको विविध ज्ञान, प्रविधि, कौशल र स्रोत नेपालको खेल क्षेत्रमा लगानी गर्ने अवसरका रुपमा लिइएको उहाँको भनाई थियो । कार्यक्रममा अध्यक्ष भट्टसहित राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, एनआरएनका महासचिब बद्री केसी, युवा संयोजक सुदन थापा, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएनए कुवेतका धर्मराज गिरि लगायत अन्य आइसीसी सदस्य तथा विभिन्न एनसीसी प्रतिनिधिहरुको उपस्थिति थियो ।