४ बैशाख २०८१, मंगलवार
Follow Us

आगोमा जलेर घाइते महिलालाई थप उपचारका लागि काठमाडौँ

sarusaru
१३ बैशाख २०७६, शुक्रबार १२:४७

लहान । आगोमा जलेर गम्भीर घाइते भएकी सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई थप उपचारको लागि आज काठमाडौँ लगिएको छ ।

आफ्नै घरमा बिहीबार जलेर घाइते भएकी कञ्चनलाई छिमेकीले तत्कालै उद्धार गरी अस्पताल पु¥याएका थिए । आगोले कञ्चनको शरीर करीब ८० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ लगिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

घटनालगत्तै कञ्चनको श्रीमान बेचन फरार छन् भने सासूलाई पक्राउ गरिएको छ । कञ्चनको श्रीमानलगायत घर परिवारबाटै जलाएर हत्या प्रयास भएको हुनसक्ने आशङ्का गरेका छन् । यता घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।
डिसी नेपाल