१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालीको प्रतिव्यक्ति आय १०३४ डलर पुग्यो

sarusaru
१३ बैशाख २०७६, शुक्रबार १३:००

काठमाडौं– नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको छ ।
राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो।

यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भने यो वर्ष आर्थिक वृद्धिदर ६।८१ प्रतिशत रहने देखिएको छ ।

नेपालको कुलग्राहस्थ उत्पादन ३४ खर्ब रुपैयाँ आधार मूल्यमा पुगेको छ भने कुलगार्हस्थ उत्पादनमा ८० प्रतिशत उपभोग खर्च भएको छ। कुलगार्हस्थ उत्पादनमा प्रदेश तीनको योगदान ४० प्रतिशत रहेको छ।