१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राराकी एक्ली ‘हर्स राइडर’ सुवालक्ष्मी,जसले एकदिनमै ५ हजार कमाउँछिन्

sarusaru
१३ बैशाख २०७६, शुक्रबार १३:०४

एउटी १५ वर्षकी युवती निक्कै जोशिलो र साहसका साथ घोडालाई आफ्नै बसमा राख्दै टकटकटक घोडा दौडाउँछिन् ।
उनको घोडाको नाम हो राती । रातीलाइ आफ्नै साथी बनाएकी सुवालक्ष्मी शाही सधैं जस्तो विहान ५ बजे उठ्छिन र रातीलाइ बाँधेको तबेलामा पुगेर घोडालाइ खाने कुरा खुवाउँछिन् । उनलाइ आफु भोकै भएकोमा कुनै वास्ता छैन तर रातीलाइ भने खाना, दानादेखिी लिएर पानी समय समयमा खुवाइरहन्छीन ।
आजभन्दा १५ वर्ष अगाडी मुगुको टोव्लामा जन्मिएकी सुवा लक्ष्मी एसइइ परिक्षा दिएर घोडामा आन्तरिक तथा बाह्य पर्यटकका साथै रारातालामा रहेका होटलको सामान बोक्ने काममा लागिन् ।
रारा राष्ट्रिय निकुञ्जको हुटुबाट रारातालमा स्वदेशी तथा विदेशी पर्यटकलाइ ओसार्ने काममा भ्याइनभ्याइ छ सुवालक्ष्मीलाइ अचेल । श्री कर्णाली माध्यामिक विद्यालय टोव्ला मुगुमा अध्ययन गरि एसइइ दिएकी लक्ष्मीको एउटै चाहाना छ छोरीले पनि छोरा सरह सबै काम गरेको हेर्ने त्यही चाहाना अनुरुप उनी एक्ली घोडा चालक बनीन् पनि । सानैदेखि निडर स्वभावकी सुवालक्ष्मी लैङ्गीक आधारमा काम बाँड्न नहुने तर्क राख्छिन् । कतिपय पर्यटकले महिला भएकै कारण आफ्नो घोडामा चढ्न आनाकानी गर्ने गरेको उनीसँग तितो यथार्थ छ । तर सुवालक्ष्मी भने पुरुष सरह आफुले पनि घोडाको स्पीड हाँक्न सक्ने र घोडामा सवार पर्यटकलाइ सुरक्षितको महशुश गराउन कुनै कसरत बाँकी राख्ने नगरेको बताउँछिन् ।
उनलाइ अचेल घोडा चलाउनु बाध्यता मात्र नभएर रारालाइ पर्यटकीय हिसाबले अगाडी बढाउनु पनि हो । उनको सपना नेपालको सवैभन्दा ठुलो तालरारालाई विश्वमा चिनाउने धेरै पर्यटक नेपालमा भित्र्याउने । विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म उनको दैनिक बनेको छ अचेल घोडामा आन्तरिक तथा बाह्य पर्यटकलाइ रारातालसम्म पु¥याउने र रारातालको मनोरम प्रकृतिलाइ विश्वभरि नै चिनाउने । सामान्य परिवारमा जन्मेकी सुवालक्ष्मीको आफ्नै बाबाले घोडा किनेर यो पेशा अपनाएपछि उनलाइ पनि घोडा चलाउने पेशामा रुची थियो । जब उनको एसइइ परीक्षा सकियो त्यसपछि आफ्नो बाबाले चलाउदै गरेको घोडा चलाउन शुरु गरिन् । बुवा केशर बहादुर शाहीले पनि उनको रुची अनुसार उनलाइर्् एउटा घोडा दिए र हाल सुवालक्ष्मी घोडामा दिनभरि दर्जनौं पर्यटकलाइ रारातालसम्म पु¥याउने र राराताल घुमेर फर्किएका पर्यटकलाइ मुगुको हुटुसम्म पु¥याउने काम गर्दछिन ।
त्यसो त सुवालक्ष्मीको बाल्यकाल पनि घरको काम सकेर विद्यालय जाने थियो । उनी विहान बेलुका घास दाउरा र मेलापात गर्दै आफ्नी आमालाइ सघाउने गर्दथिन् । त्यति गर्दा पनि पढाइमा जेहेन्दार थिइन उनी । त्यसैले होला उनले पढाइमा सफलता हाँसिल गर्दै गइन् र एसइइको रिजल्टको प्रतिक्षामा छिन् सुवालक्ष्मी । उनको उद्देश्य एसइई पास गरेपछि उच्च शिक्षा हाँसिलको लागि प्रदेश नम्बर ६ को राजधानी सुर्खेतमा आउने र पढाइ पुरा भएपछि मुगुमै फर्केर आफ्नै ठाउँको पर्यटकीय विकासको लागि योगदान गर्ने रहेको छ । त्यसो त राती सपनामा पनि सुवालक्ष्मी घोडामा पर्यटक राखेर रारातालको छेउछाउ हिडिरहेको देख्छिन् ।
दिनमा पाँचदेखी ६ हजारसम्मको आम्दानी गर्ने सुवालक्ष्मीको एउटै चाहाना छ मुगु जिल्ला शिक्षा, स्वास्थ्य र रोजगारमा अगाडी बढोस् । उनी भन्छिन् “जल,जडीवुटी र प्राकृतिक सौन्दर्यताको खानी मुगु जिल्ला विकासको दृष्टिले पछाडी पर्नु भनेको दुखको कुरा हो” ।
करिब ५० भन्दा बढी घोडा रहेको सो ठाउँमा घोडाको रेट भने मनलाग्दी रहेको छ । ६ सयदेखि १२ सयसम्म मुगुको हुटुदेखि रारातालसम्म पु¥याउन घोडा चालकले पैंसा असुल्ने गरेका छन् । जसले धेरै बार्गेनिङ ग¥यो उसैले कम रेटमा घोडा चढेर रारातालसम्म पुग्न सक्छ ।