१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अख्तियारको फन्दामा दुई बिचौलिया, लाइसेन्स बनाउन ३१ हजार घुस

sarusaru
१३ बैशाख २०७६, शुक्रबार १३:०७

काठमाडौं– यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने बिचौलिया रोशन कुमार रौनियार र सुनिल यादव अख्तियारद्वारा ३१ हजार घुसहित पक्राउ परेका छन् ।
एस्क्याभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
३१ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं १३ स्थित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय परिसरबाट उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अअिख्तयार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।