१३ बैशाख २०८१, बिहीबार
Follow Us

छुट्टै प्रशासकीय अधिकृत राख्ने तयारीप्रति गृहमन्त्रीको आपत्ति

sarusaru
१३ बैशाख २०७६, शुक्रबार १३:१०

काठमाडौं । केन्द्र सरकारले समन्वय नगरेको भन्दै प्रदेश २ सरकारले मातहतका जिल्लामा आफ्नो छुट्टै प्रशासकीय अधिकृत राख्ने तयारी गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले आपत्ति जनाएका छन् । विराटनगर पुगेका गृहमन्त्री थापाले एक जिल्लामा दुई सिडिओ राख्न संविधान र कानुनले नदिने बताएका हुन् । ‘प्रदेश २ का जिल्लामा दुईवटा सिडिओ रहने हल्ला मात्रै हो,’ उनले भने, ‘संविधान र कानुनअनुसार नै एक जिल्लामा दुईजना सिडिओ राख्न मिल्दैन ।’
केन्द्र सरकारले पठाएका सिडिओले प्रदेश सरकारसँग समन्वय नगरेको भन्दै प्रदेश २ ले प्रदेश मातहत बेग्लै प्रशासकीय कामकाज गर्ने अधिकारी (सिडिओ) राख्ने तयारी गरेको हो । उसले यससम्बन्धी विधेयक प्रदेशसभामा पेश गरिसकेको छ । थापाले भने एक जिल्लामा दुई सिडिओ राख्ने काम संविधान विपरित हुने बताए ।