१६ चैत्र २०८०, शुक्रबार
Follow Us

श्रीमानबाट जलाइएकी महिलाको उपचारको क्रममा मृत्यु

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार १८:२३

काठमाडौं– आगामा जलेर गम्भीर घाइते भएकी सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको उपचारको क्रममा मृत्यु भएको छ ।

आफ्नै घरमा बिहीबार जलेर घाइते भएकी कञ्चनलाई छिमेकीले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए । आगोले कञ्चनको शरीर करीब ८० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनालगत्तै कञ्चनको श्रीमान बेचन फरार छन् भने सासूलाई पक्राउ गरिएको छ । कञ्चनको श्रीमानलगायत घर परिवारबाटै जलाएर हत्या भएको प्रहरीले जनाएको छ ।