१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रेमिकालाई खुसी राख्ने तरिका जानिराख्नुस्

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार १९:०९

के तपाईँसँग आफ्नी प्रेमिका खुसी त छैनन् ? कतै तपाईँ बेखुसी प्रेमिकालाई खुसी बनाउने बहाना त खोजिरहनु भएको छ तर सकिरहनु भएको त छैन ? तपाईँलाई थाहा नहुन सक्छ, तारिफले सम्बन्धलाई मजबुत र प्रेमिल पनि बनाउँछ । तपाईं पनि प्रेममा हुनुहुन्छ भने गर्लफ्रेन्डको तारिफ गर्न नबिर्सनुहोला । मौका पाउनेबित्तकै प्रशंसा गर्नुहोला । हामी यहाँ केही तरिका बताउँछौं जसलाई तपाईं अपनाउन सक्नुहुन्छ ।

आफ्नी प्रेमिकालाई ऊ कति राम्री छ भन्ने महसूस गराउने तपाईंको कर्तव्य हो । तारिफले उसको मूड पनि राम्रो हुन्छ र ऊ आफूलाई विशेष ठान्न थाल्छे ।

यस्तै गर्लफ्रेन्डलाई तारिफ गर्नका लागि गीतहरूको प्लेलिस्ट नै तयार पार्नुस् । यस्तो प्लेलिस्टमा आँखा, कपाल र ओठका तारिफ गरिएका गीतहरू राख्नुस् । यो सुनेर ऊ अत्यन्तै खुशी हुन्छे ।

प्रायः युवतीहरूलाई आफ्नो साथीभन्दा आफू नराम्री भएँ कि भन्ने पीरले सताउँछ । यस्तोमा तपाईंले उसलाई उसका साथीभन्दा राम्री छ्यौ भन्ने फीलिङ दिलाउनुपर्छ ।

उसको व्यवहारको प्रशंसा गर्नुस् । उसले अरूहरूसँग कस्तो मिलाएर कुरा गरेको भनिदिनुस् ।
एजेन्सीको सहयोगमा