७ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई १ स्वर्ण सहित ७ पदक

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार १९:२२

ज्याक खड्का ।

टोकियो । वाटा अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले १ स्वर्ण सहित ७ वटा पदक जितेका छन् ।

जापानको ओसाकामा यहि अप्रिल २० र २१ तारिख सम्पन्न १७ औँ वाटा च्याम्पियनसिपमा भाग लिन आएका नेपाली खेलाडीहरूले २६ देशका विभिन्न उमेर समुहका खेलाडीहरूसँग प्रतिस्पर्धा गरी सो पदक जितेका हुन् ।

यस पटक आकृति गुरुङ – स्वर्ण, जिप्सन नेपाल – रजत,सुदिप गिरी – रजत,धनमाया सिंजाली – कास्य,विद्या राई – रजत,अब्बास खान- रजत र प्रदीप आलेमगरले – रजत पदक दिलाएका हुन् । वाटा च्याम्पियनसिपमा यो नेपालको दोस्रो पटकको सहभागिता हो ।

यस पटक सहभागी हुन आएका खेलाडीहरूमा रोशन खान टोली मुख्य प्रशिक्षक, जित सिंह लामा र अशोक खड्का अन्तराष्ट्रिय रेफ्री , टिम प्रशिक्षक हेम लाल श्रेष्ठ, उमा अधिकारी मेनेजर , लिलावती नेपाल अफिसियलका साथमा ,पुम्से तर्फबाट सिनियर गोपाल श्रेष्ठ ,फाटिङ तर्फबाट सिनियर ५७ केजी तर्फ धनमाया सिन्जाली ,महिला ५३ केजी तर्फ बिध्या राई ,पुरुष सिनियर बिनोद थापा, ७३ केजी तर्फ सिद्दी बिक्रम शाही, जुनियर ५० केजी मुहम्मद उमर खान ५४ केजी, उज्ज्वल श्रेष्ठ ७३ केजी , अब्बास खान ५४ केजी, जिप्सन नेपाल जुनियर ४५ केजी , बिजय गुरुङ जुनियर ५० केजी , जुनियर महिला ४१ केजी आकृति गुरुङ र पुरुष सिनियर अभिषेक राना रहेका थिए ।

त्यस्तै कान्साई वासी नेपालीहरूले ओसाकामा खेलाडीहरूलाई स्वागतमात्र होइन् बिदाई पनि भव्यरूपमा गरेका छन् । एनआरएनए कान्साईमा आबद्ध विभिन्न व्यक्तिहरूले १ लाख ४० हजार २ सय येन आर्थिक सहयोग पनि गरे । त्यसो त कान्साईवासी नेपालीहरूले चितवन तेक्वान्दो डोजाङको प्रशिक्षण हल निर्माणका लागि यस भन्दा अघि पनि सहयोग गरिसकेका छन् ।