१५ चैत्र २०८०, बिहीबार
Follow Us

बद्रि पंगेनीको ‘रङ्गशाला बन्छ नेपालीको’

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार २१:३६

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’
गायक बद्रि पंगेनी र पुर्णकला बिसीको ‘रङ्गशाला बन्छ नेपालीको’ सार्बजनिक
‘रङ्गशाला बन्छ नेपालीको’ सार्बजनिक, धुर्मुसको सपना र तारिफ

चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् ।
‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणिय कार्यहरु समावेश गरीएको छ ।
खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्रि पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।