११ बैशाख २०८१, मंगलवार
Follow Us

सवारी दुर्घटनामा २ जनाको मृत्यु

sarusaru
१४ बैशाख २०७६, शनिबार ०३:०२

काठमाडौं । प्युठान र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

प्युठानको प्युठान नगरपालिका ८ बाग्दुला बजारस्थितसडकमा रा १ ख १९७१ नम्बरको टिपरले बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका प्युठान नगरपालिका ४ बिजुवार कालिकास्थान बस्ने ४७ वर्षीय कृष्ण बहादुर योगीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको छ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका ३ जनकपुरस्थित भित्रि सडकमा लु ८ प ८९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रामग्राम नगरपालिका १६ बस्ने ४० वर्षीय सुरेन्द्रराजभरको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल