१५ चैत्र २०८०, बिहीबार
Follow Us

लिबियामा फसे २० नेपाली, साहुले कुटेर काम लगाउँछ

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७६, शनिबार ०३:०७

काठमाडौं– लिबियाको राजधानी त्रिपोत्री दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १० रुपन्देहीका गणेश थापा मगरसहित २० नेपाली केही सातादेखि उद्दारको हारगुहार गरिरहेका छन् ।
उनीहरु अलसाइ समूहको राइस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् ।
आफूहरु स्वदेश फर्किन चाहेको भएपनि साहुले कुटेर काममा लगाइरहेको थापा मगर बताउँछन् ।
उनीहरुले लिबियामा बन्दीजस्तै जीवन बिताउनु परेको आजको कान्तिपुर दैनिक विस्तृतमा खबर छापिएको छ ।
यसैबीच लिबिया मामिला हेर्ने इजिप्टस्थित नेपाली राजदूत झवीन्द्र अर्यालले द्वनद्वग्रस्त लिबियाबाट नेपालीलाई उद्धार गर्न कठिनाइ भइरहेको बताए ।