१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दाजुलाई मन्त्रीले दिए २३ योजना

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७६, शनिबार ०३:०९

जनकपुर–प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् ।
उनको सिफारिसमा सामाजिक विकास मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँ बराबरको योजना पारिदिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।