१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई महिनापछि नेपालमा पाइपबाट आउनेछ पेट्रोल

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७६, शनिबार ०३:१५

काठमाडौं– इन्डियन आयल कर्पोरेसन (आईओसी) को सहयोगमा निर्माणाधीन मोतीहारी–अमलेखगन्ज पाइपलाइन दुई महिनाभित्रै सम्पन्न हुन लागेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
आईओसीको बिहार पाइपलाइन परियोजना हेर्ने महाप्रबन्धक एनके पण्डाका अनुसार १५ असारभित्रै पाइपलाइनबाट तेल ढुवानी हुनेछ ।
दक्षिण एसियाकै यो पहिलो अन्तर्देशीय पाइपलाइन ६९ किलोमिटर लामो हुनेछ । पाइपलाइनबाट इन्धन ल्याउन सुरु गरिएपछि वार्षिक २ अर्ब ढुवानी खर्च जोगिने निगमका पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताए ।