१५ बैशाख २०८१, शनिबार
Follow Us

भारतमा अर्का बाबाका छोरा पनि बलात्कारी

sarusaru
१४ बैशाख २०७६, शनिबार ०६:०६

आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठह¥याएको छ । उनलाई बलात्कारको आरोप लागेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले उनलाई दोषी ठहर गरेको हो । नारायणलाई सजायँ सुनाउन बाँकीनै छ । अदालतले यस मुद्धामा अप्रिल ३० मा सजायँ सुनाईने बताएको छ ।
नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मामिलामा २०१३ मा गिरफ्तार गरिएको थियो । बलात्कार भोगेकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । नारायणलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो ।